Logo

नयाँ मन्त्रीहरुको शपथ भोलि दिउँसो



काठमाडौं, २० बैशाख । नयाँ मन्त्रीहरुको शपथ भोलि(बिहीबार) हुने भएको छ।

मन्त्रीहरुको शपथ भोलि दिउँसो ३ बजे राष्ट्रपति निवास शितल निवासमा हुने कार्यक्रम तय भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले नवौं पटक आज कांग्रेसबाट ३ जनालाई मन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्रीले नयाँ मन्त्रीमा कांग्रेसका कानूनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot