Logo

बस्नेतलाई पुनः स्वास्थ्य मन्त्रालय सम्हाल्ने अवसर



काठमाडौं, २० बैशाख । सिन्धुपाल्चोकका जनताको सेवा गर्दागर्दै राज्यमन्त्री एवं मन्त्रीको जिम्मेवारी पाएका मोहनबहादुर बस्नेतलाई पुनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ।

विसं २०१५ भदौ २७ जन्मिएका बस्नेतले प्रारम्भिक शिक्षा सिन्धुपाल्चोकमै लिएका थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका छन्। नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विसं २०५६ र २०६८ को आम निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा र दोस्रो संविधानसभा सदस्यको रूपमा निर्वाचित भएका थिए।

मन्त्री बस्नेत २०७० सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो मन्त्रिपरिषद् सूचना तथा सञ्चारमन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्।

साथै, २०५६ मा प्रधानमन्त्री देउवाकै नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्री काम गरेका थिए।

नवनियुक्त मन्त्री बस्नेत विगत लामो समयदेखि सामाजिक, राजनीतिक, शैक्षिकलगायतका विभिन्न कार्यमा संलग्न छन्।



प्रतिक्रिया दिनुहोस्