Logo

प्रचण्डले बोलाए पार्टी पदाधिकारी बैठक



काठमाडौं, २१ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।

प्रचण्डले बिहीबार बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रचण्डले पार्टी पदाधिकारीको अनौपचारी बैठक बोलाएको र बैठमा सरकारको प्रभावकारिता, नीति–कार्यक्रम, बजेट, नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल हुने सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्