Logo

कर्मचारीको माग सम्बोधन गर्न उपप्रधानमन्त्री खड्काको नेतृत्वमा वार्ता समिति



काठमाडौं, २१ बैशाख । कर्मचारीको माग सम्बोधन गर्न सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काको नेतृत्वमा वार्ता समिति गठन गरेको हो।

संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारी संयुक्त ट्रेड युनियनले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थिए।

उनीहरुले सरोकारवाला निकायमा यसअघि नै ज्ञापनपत्र बुझाएर सिंहदरबारको कामकाज ठप्प बनाउनेलगातयका कार्यक्रमहरु सार्वजनिक गरेका थिए।



प्रतिक्रिया दिनुहोस्