Logo

यातायात मन्त्रीले नै पाएनन् १ वर्षदेखि स्मार्ट लाइसेन्स



काठमाडौं, २१ बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले १ वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको बताएका छन्।

बिहीबार नेपाल आर्थिक पत्रकार संघको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले यातायात क्षेत्रमा विकृति भएको भन्दै आफूले १ वर्षदेखि स्मार्ट लाइसेन्स नपाएको बताएका हुन्।

उनले भने, ‘यातायात क्षेत्रमा केही समस्या वा विकृति छन्। मेरो नै लाइसेन्स १ वर्षदेखि पाएको छैन।’

आगामी नीति तथा कार्यक्रम र बजेटमा विद्युतीय सवारी बढाउने उद्घोष गर्दै अहिले विद्युत् उत्पादन बढ्दो क्रममा रहेकोले विद्युतीय सवारीसाधन बढाउनुपर्ने उनले बताए।



प्रतिक्रिया दिनुहोस्