Logo

अयोग्य लडाकुको विषयमा माधव नेपाल भन्छन् : पैसा भन्दा ऋण दिनु राम्रो



काठमाडौं, २१ बैशाख । अयोग्य लडाकुको विषयमा पैसाभन्दा पनि ऋण दिनु राम्रो भएको पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।

बिहीबार पार्टीको कामका लागि कैलाली पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै अयोग्य लडाकुलाई पैसा भन्दापनि ऋण दिनु राम्रो भएको बताएका हुन्।

अयोग्य लडाकुलाई पैसाको बारेमा कुरा उठेको बताउँदै उनले भने, ‘यसबारे कुरा उठेकै हो। यस्तो बेला पैसा दिनुपर्ने कुनै विषय नै छैन। पीडितहरुलाई बरु रोजगारी, ऋण दिने कुरा राम्रो हुन्छ।’

उनले अर्थतन्त्रको अवस्था कसरी सुधार गर्ने भन्नेबारेमा गठबन्धनकोबीचमा गम्भीर रुपमा छलफल भइराखेको बताए। ‘नयाँ ढंगले सोच्नुपर्ने भएको छ। कम खर्च कसरी गर्ने, अनावश्यक खर्च नियन्त्रण गर्ने, अनावश्यक परियोजना सबै रोक्नुपर्छ। पैसा बाँड्ने होइन उत्पादनमुखी क्षेत्रमा लगाउनुपर्छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्