Logo

मन्त्री सहभागीतामा असन्तृष्टि जनाउँदै देउवासँग झर्किए सहमहामन्त्री परियार



काठमाडौं, २१ बैशाख । सरकारमा सहभागीताका लागि सत्ता गठबन्धनको भागबण्डा अनुसार नेपाली कांग्रेसले पाएको ८ मन्त्रालयमा समावेशी नभएको भन्दै सभापति शेरबहादुर देउवासँग सहमहामन्त्री जीवन परियार झर्किएका छन्।

बिहीबार धुम्बराहीमा बसेको पार्टी पदाधिकारी बैठकमा सभापति देउवाले पार्टीभित्रबाट मन्त्री छान्दा समावेशीतामा ध्यान नदिएको भन्दै सहमहामन्त्री देउवासँग झस्किएका हुन्।

सहमहामन्त्री परियारले मन्त्री छान्दा दलित, मधेशीलगायत सीमान्तकृत समुदायको प्रतिनिधित्व नहुनु दु:खद भएको र पार्टीभित्र केही पनि छलफल नगरी मन्त्री बनाएको भन्दै देउवासँग झर्किए थिए।

जवाफमा सभापति देउवाले एकैपटक सबैलाई अवसर दिन नसकिने बताएका थिए। सभापति देउवाले पार्टीको एकल बहुमत ल्याउने गरी काम गर्न र त्यसपछि सबैलाई समेटेर समावेशी मन्त्री बनाउन सकिने बताएको सहभागी एक पदाधिकारीले बताए।

देउवाको भनाई उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘कहाँ सम्भव छ, कहाँ सम्भव छ। पहिला बहुमत ल्याउने सिंगल सरकार बनाउने अनि सबैलाई समेट्ने। अहिले त्यो सम्भव छैन भनेर सभापतिले भन्नुभयो।’

सभापति देउवाले सरकार आलोपालोमा चल्ने भएको हुँदा अर्को पटक अवसर दिने बताएको ती पदाधिकारीले बताए।

शेखर-गगन समूहबाट सहमहामन्त्री परियार मन्त्री बन्नेमा चर्चामा रहेका थिए।



प्रतिक्रिया दिनुहोस्