Logo

कानूनमन्त्री गुरुङले गरे पदभार ग्रहण, भन्छन् : न्याय ढिलो हुने अन्त्यका लागि काम गर्छु



काठमाडौं, २१ बैशाख । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पदभार ग्रहण गरेका छन्।

बिहीबार राष्ट्रपति निवासमा शपथ ग्रहण गरे लगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

मन्त्रालयमा पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले भने, ‘न्याय ढिलो हुने गरेको भन्ने छ, त्यसको अन्त्यका लागि मैले काम गर्छु।’

यस्तै, उनले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएको र आफू स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध रहेको बताए।

 



प्रतिक्रिया दिनुहोस्