Logo

एउटै समयमा सत्ता गठबन्धन र रास्वपाको छुट्टाछुट्टै बैठक



काठमाडौं, २२ बैशाख । सत्तारुढ गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बैठकको समय जुरेको छ।

सत्ता गठबन्धन र रास्वपाको बैठक आज (बिहीबार) साँझ ५ बजेका लागि तय भएको छ।

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बोलाइएको हो।

बैठकमा अगामी बजेट, नीति, सरकारको कामकारवाही र समसामायिक विषयमा छलफल हुने बताइएको छ।

यस्तै, रास्वपाको केन्द्रीय कार्यालयमा केन्द्रीय समिति र संसदीयल दलको संयुक्त बैठक बोलाइएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन र सरकारमा सहभागीतबारे निर्णायक छलफल हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्