Logo

संखुवासभा हेलिकप्टर दुर्घटना : १ जनाको मृत्यु



काठमाडौं, २२ बैशाख । संखुवासभामा भएको हेलिकप्टर दुर्घटना परि १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय भविन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

शुक्रबारद दिउँसो संखुवासभाको भोटखोला गाउँपालिका-४ सिप्रुङमा अरुण माथिल्लो जलविद्युत् आयोजनाको सामग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा भएको थियो।

हेलिकप्टरमा चालक क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते छन्।

उनीहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

तस्वीर सौजन्य : वाङ् भोटे


प्रतिक्रिया दिनुहोस्

Screenshot