Logo

आइपीएलमा आज दुई खेल : सर्वाधिक विजेता चेन्नई र मुम्बई भिड्दै



काठमाडौं, २३ बैशाख । इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत आज(शनिबार) दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा अन्तर्गत आइपीएलका शीर्ष विजेता चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्दै छन्।

यी दुई टोली नेपाली समयानुसार अपरान्ह ३:४५ बजेदेखि चेन्नईको घरेलु मैदान चेपकमा भिड्ने भएका छन्।

यस्तै, आजै हुने दोश्रो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्ने भएका छन्।

यी दुई टोलीबीचको खेलमा साँझ ७:४५ बजेदेखि दिल्लीमा हुनेछ।



प्रतिक्रिया दिनुहोस्