Logo

भ्रष्टाचार प्रकरणबारे प्रधानमन्त्री प्रचण्ड भन्छन् : यो ट्रेलर मात्रै हो (भिडिओसहित)



काठमाडौं, २३ बैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले केही दिन अगाडि भ्रष्टाचारीहरूको फाइल खोलिने बताएको स्मरण गराउँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा कारवाही अगाडि बढाएको बताएका छन्।

शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यो ट्रेलर मात्रै भएको बताए।

उनले भने, ‘केही दिन अगाडि मैले अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ भनेको थिए। कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिन्न भनेको थिए। आज तपाईंहरूले देखिरहनुभएको छ। यो ट्रेलर मात्रै हो। हेर्दै जानुहोस् सिङै फिल्म देखिन्छ।’

उनले भने त्यसपछि पक्कै पनि ठूलो घेराबन्दी, दबाब, धम्की आउने बताएका छन्। ‘धेरै चिज हुनसक्छ यो बीचमा। तर जनता साथमा भयो भने जतिसुकै ठूला धम्कीको पनि सामना गरिने छ,’ उनले भने।

 



प्रतिक्रिया दिनुहोस्