Logo

टुकुचा खोला र खोला बहाव क्षेत्रको लगत कट्टा गर्न महानगरको पत्र



काठमाडौं, २५ बैशाख । काठमाडौं महानगरपालिकाले टुकुचा खोला र खोला बहाव भित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि पत्र लेखेको छ।

सोमबार सो बारे महानगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र लेखेको हो।

‘मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला तथा सोको क्षेत्राधिकारको जग्गालाई सरकारी/सार्वजनिक जग्गा मानेको छ। सोही ऐनको दफा २४ (२) ले सरकारी/सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको छ,’ नगरप्रमुख बालेन शाहले बताएका छन्।

उनले भने, ‘टुकुचा खोला तथा सोको क्षेत्राधिकार भित्रको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन नसक्ने प्रष्ट देखिन्छ। टुकुचा खोलाको क्षेत्राधिकारभित्र पर्ने जग्गामा निजी तवरमा निर्मित भौतिक संरचना समेत स्वतः अवैध हुन जाने देखिन्छ।’



प्रतिक्रिया दिनुहोस्