Logo

रास्वपालक्षित ओलीको बोली : नयाँ बोतलमा पुरानै रक्सी



काठमाडौं, २५ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रास्ट्रिय स्वतन्त्र पार्टीलक्षित टिप्पणी गरेका छन्।

सोमबार पार्टी कार्यालय च्यासलमा युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रास्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ बोतलमा पुरानै रक्सी भएको संज्ञा दिएका हुन्।

उनले भने, ‘यी बोतल जुनसुकै कलरका, जेसुकै होउन् बोतल नयाँ होला रक्सी उस्तै हो। उही रक्सी बोकेर हिँडेको छ। जे सुकै चिह्न बोकुन्, अब देश बनाउने भिजनबिना, कहाँ पुग्ने भिजन गन्तव्यबिना, समृद्ध नेपाल सुखी नेपालीजस्तो क्लियर विभजनबिना, समृद्ध नेपाल सुखी नेपाली कसरी प्राप्त गर्ने भन्ने भिजन बिना हामी अगाडि बढ्न सक्दैनौं।’



प्रतिक्रिया दिनुहोस्