Logo

‘शरणार्थी प्रकरण : केही सांसद भागिरहे, केही संसद्‍मै बोलिरहेका छन्’



काठमाडौं, २६ बैशाख । नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा केही सांसदहरु भागिरहेको र केही सांसद्‍हरु संसदमै बोलिरहेको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा केही सांसदहरु भागिरहेको र केही सांसद्‍हरु संसदमै बोलिरहेको टिप्पणी गरेका हुन्।

‘देशद्रोही काममा संलग्न व्यक्तिहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ। केही व्यक्तिहरू पक्राउ परेका छन्। केही सांसदहरू भागिरहनुभएको छ। केही सांसद जो नोटिसमा हुनुहुन्छ। जो सदनमा बोलिरहनुभएको छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्