Logo

अर्थतन्त्र अगाडि बढाउन इन्जिन, ब्रेक, टायर ठीक भएर मात्रै हुँदैन सबै पाटपूर्जा ठीक हुनुपर्छ : अर्थमन्त्री महत



काठमाडौं, २६ बैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र अगाडि बढ्न सबैकुरा ठीक हुन आवश्यक रहेको बताएका छन्।

मंगलबार राष्ट्रियसभामा सांसद‍हरुले बजेटमाथि उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले सो कुरा बताएका हुन्।

अर्थतन्त्र चलायमान बनाउने अहिले देखिएको निराशाको बादल अन्त्य गर्ने बताउँदै उनले भने, ‘एकै वर्षमा सबै हुन्छ भनेर म भन्न सक्दिन, यो लामो प्रोसेस हो, गाडी अगाडि बढ्न इन्जिन ठीक भएर हुँदैन, ब्रेकमात्र ठीक भएर हुँदैन, टायर ठीक भएरपनि हुँदैन, सबै पाटपूर्जा एकै लक्ष्यसाथ अगाडि जानुपर्छ।’

अर्थतन्त्रमा देखिएका समस्या यहीँ आर्थिक वर्षभित्र सुधार गर्ने भन्दै उनले भने, ‘सकेसम्म यो सिष्टमलाई यही आर्थिक वर्षभित्र सुधारेर नयाँ मार्गमा जान सक्दछौं। हामी सबैको सहयोग र एकाग्रताबाट त्यो सम्भव हुन्छ।’



प्रतिक्रिया दिनुहोस्