Logo

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ (भिडिओसहित)



काठमाडौं, २६ बैशाख । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्।

खानलाई पाकिस्तानी रेंजर्सले मंगलबार इस्लामाबाद उच्च अदालत बाहिरबाट पक्राउ गरेको हो।

खानको पार्टी पीटीआईका नेता मुसरत चीमाले टि्वट गर्दै इमरान खानलाई प्रहरीले यातना दिएको दाबी गरेका छन्। पीटीआईले टि्वट गरेको भिडियोमा इमरान खानका वकिल घाइते देखिएका छन्।

खान अल कादिर ट्रस्टको मुद्दामा पक्राउ परेका हुन्। अदालतमा उपस्थित हुनुअघि नै खानलाई पक्राउ गरिएको हो।

इस्लामाबाद उच्च न्यायालयका मुख्य न्यायाधीशले खानको गिरफ्तारीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले अदालतको नियम उल्लंघन भएको टिप्पणी गरेका छन्।

photo : HamidMirPAKI

 



प्रतिक्रिया दिनुहोस्

Screenshot