Logo

भुटानी शरणार्थी प्रकरणमा सरकारलाई सभामुखको ध्यानाकर्षण



काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकालाई सभामुख देवराज घिमिरेले ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधिसभामा धेरै सांसद्हरुले नक्कली भुटानी शरणार्थी प्रकरणको कुरा उठाएपछि सभामुख घिमिरेले सरकारको ध्यानाकर्षण गराएका हुन्।

बैठकमा सांसदहरुले जानकारीको माग गरेपछि सभामुखले सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘माननीय सदस्यहरू अहिले उठेका विषयमा म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।’

सभामुखले ध्यानाकर्षण गराउनु अघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई चाँडोभन्दा चाँडो संसद्लाई सो प्रकरणको सम्बन्धमा जानकारी गराउन सभामुखको रुलिङको माग गरेका थिए।



प्रतिक्रिया दिनुहोस्