Logo

नागरिकता विधेयक तुरुन्त संसद्‍मा ल्याइयोस् : सांसद् पन्त



काठमाडौं, २७ बैशाख । नेकपा (एमाले)का सांसद रघुजी पन्तले राष्ट्रपतिले प्रमाणीत गर्न खोजेको नागरिकता विधेयक तुरुन्त संसद्‍मा ल्याउन माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सांसद पन्तले राष्ट्रपतिले प्रमाणीत गर्न खोजेको नागरिकता विधेयक तुरुन्त संसद्‍मा ल्याउन माग गरेका हुन्।

उनले भने, ‘म सरकारलाई आग्रह गर्न चाहन्छु, तुरुन्त नागरिकता विधेयक यो प्रतिनिधि सभामा ल्याएर दर्ता गरियोस्। त्यसमाथि छलफल सुरु गरियोस्। त्यसलाई छिटो भन्दा छिटो दिनरात लगाएर पारित गर्न तयार छौँ। तर धुलो लागेर बसेको विधेयकलाई टकटक्याउँदै राष्ट्रपतिले झिकेर यो जारी गर्न मिल्छ कि मिल्दैन भनेर भनेर संविधानको भावले दिन्छ? संविधानको संरक्षकले गर्ने काम हो यो?’



प्रतिक्रिया दिनुहोस्