Logo

देउवा, ओली र प्रचण्डको बैठक सिंहदरबारमा जारी



काठमाडौं, २७ बैशाख । शीर्ष तीन दलका प्रमखु तीन नेताहरुको बैठक अहिले बसिरहेको छ।

बैठक अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको हो।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी रहेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरु पक्राउ पर्न थालेपछि आवश्यक छलफल गर्न उनीहरुको बैठक बसिरहेको बताइएको छ।

मंगलबारपनि उनीहरुले छलफल गरेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलिरहँदा उनीहरुबीच लगातारको छलफललाई विशेष चासोका साथ हेरिएको छ।



प्रतिक्रिया दिनुहोस्