Logo

हिरासत राख्ने अनुमति माग्न प्रहरीले लग्यो खाँणलाई अदालत



काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले अदालतमा लगेको छ।

बुधबार मात्रै पक्राउ परेका खाँणलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति माग्न काठमाडौं जिल्ला अदालत लगेको हो।

घरबाटै पक्राउ परेका खाँणलाई यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो।

फोटो : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्