काठमाडौं, २७ बैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र ओरालो नलागेको बताएका छन्।
बुधबार प्रतिनिधिसभामा बजेटमा सांसद्हरुले उठाएको प्रश्नको जवाँफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्र ओरालो नलागेको बताएका हुन्।
उनले भने, ‘अर्थतन्त्र धरासायी भइसक्यो। खत्तम भइसक्यो त्यस्तो होइन। ओरालो लागेको पनि होइन। छिटो छिटो उकालो चढ्नुपर्नेमा विस्तारै विस्तारै चढिरहेको छ। अहिले पनि आर्थिक वृद्धि पोजेटिभ नै छ। हामीले भनेको जस्तो छैन। पहिलो भन्दा बढेको छ। ओरालो लागेको होइन उकालो मै छ। जुन रफ्तारमा बढ्नुपर्ने थियो त्यो हुन नसकेको मैले स्वीकार गरेको छु।’