Logo

जसपाको विधान महाधिवेशन असार ९ देखि ११ गतेसम्म



काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टी नेपालले असारको ९ देखि ११ गतेसम्म काठमाडौंमा विधान महाधिवेशन गर्ने भएको छ।

जसपाको बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो।

जसपाले नक्कली भुटानी शरणार्थी सम्बन्धी सम्बन्धमा स्वतन्त्र तथा निष्पक्ष रूपमा छानबिन गर्न तथा दोषी देखिएकालाई कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ।

यसैगरी, संसदबाट दुई पटकसम्म पारित भइसकेको नागरिकता सम्बन्धी विधेयक अविलम्ब पारित गरी कार्यान्वयन गर्न आग्रह गर्ने निर्णय भएको छ।



प्रतिक्रिया दिनुहोस्