Logo

राप्रपाले आज भ्रष्टाचारविरुद्ध सतहत्तरै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने



काठमाडौं,२९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध आज देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रका अनुसार अहिले दिउँसो १ बजे पार्टीका तर्फबाट देशभरकै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको हो ।

‘संगठित भ्रष्टाचारविरुद्ध राप्रपाको आवाज’ अभियानअन्तर्गत राप्रपाले ज्ञापनपत्र सरकारसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्न लागेको हो।



प्रतिक्रिया दिनुहोस्