काठमाडौं,२९ वैशाख । नेकपा एमालेका नेता डा.भीम रावलले अपराधमा कानुन बमोजिम सजाय पाएकाहरूलाई छुट दिने कानुन बनाउने कुराले सुशासनको धज्जी उडाएको बताएका छन्।
आज एक ट्वीट गर्दै रावलले अपराधमा सजाय पाएकाहरूलाई सत्ता र धनको स्वार्थमा छुट दिन खोजिएको टिप्पणी गरेका हुन्।
‘राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण एवं निहित स्वार्थका लागि राज्यसत्ताको चरम दुरूपयोग निन्दनीय छ,’ उनले लेखेका छन्, ‘अपराधमा कानुन बमोजिम सजाय पाएकाहरूलाई समेत सत्ता र धनको स्वार्थमा छुट दिने कानुन बनाउने निर्लज्ज कूकृत्यले सुशासनका कुराको धज्जी उडाएको छ।’