काठमाडौं, २९ बैशाख । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट २, नेकपा (माओवादी केन्द्र)बाट २ र नेकपा (एकीकृत समाजवादी)बाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, एकीकृत समाजवादीबाट राजीव गुरुङ(दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गरेका छन्।
गण्डकीमा यसअघि कांग्रेसबाट सरस्वती अर्याल र माओवादीबाट सुशीला शिम्खडा मन्त्री भइसकेका छन्।
नयाँ मन्त्रीहरुको शपथ आजै ४ बजे हुने बताइएको छ।