Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र



काठमाडौं,२९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

आज(शुक्रबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिंहदरबारमा भेटेर ज्ञापनपत्र बुझाउँदै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन लगायतका नेताहरुले यस्तो माग गरेका हुन् ।

लिङ्देनले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘ राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई कुनै पनि कुनै पनि बाहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिसको विरुद्धमा छ।तसर्थ अहिलेको छानबिन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी जोडदार माग गर्दछ।’

पार्टीले छानबिनमा दोषीलाई उम्‍काउन खोज्‍ने कुनै पनि योजना र चलखेलविरुद्ध सदन र सडकबाट आन्दोलन गर्न पछि नहट्‍नेसमेत प्रतिबद्धता जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot