Logo

नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपति पौडेलको अग्रसरता अस्वाभाविक : कमल थापा



काठमाडौं,२९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वाभाविक एवं संविधानको भावना विपरित रहेको बताएका छन्।

आज सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष थापाले सो विधेयक निस्क्रिय भैसकेको र आवश्यक भए सरकारले नयाँ विधेयक संसदमा पेश गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष थापा लेख्छन्, ‘तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वभाविक एवं संविधानको भावना विपरित छ। सो विधेयक निस्क्रिय भैसकेको छ। आवश्यक भए सरकारले नयाँ विधेयक संसदमा पेश गर्नुपर्छ  । file photo



प्रतिक्रिया दिनुहोस्