Logo

गण्डकी प्रदेश सरकारले पायो पूर्णता,यी हुन् गण्डकीका सात मन्त्री



काठमाडौं,२९ वैशाख । गण्डकी प्रदेशमा थप चारजना मन्त्रीले शपथ लिएका छन् । आज कांग्रेसबाट बागलुङका दीपेन्द्रबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जीसी र तनहुँका जीतप्रकाश आलेले शपथ लिएका छन् ।माओवादीबाट रेशम जुग्जालीले शपथ लिए ।

गत वैशाख १५ गते मुख्यमन्त्रीको शपथ लिएका सुरेन्द्रराज पाण्डेले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए । यो सँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ ।

यी हुन् गण्डकीका सात मन्त्री

सुरेन्द्रराज पाण्डे, मुख्यमन्त्री
जीतप्रकाश आले, आर्थिक मामिला
सुशिला सिंखडा, सामाजिक विकास तथा स्वास्थ्य
महेन्द्रध्वज जीसी, कृषि तथा भूमि व्यवस्था
दीपेन्द्रबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण
सरस्वती अर्याल तिवारी, ऊर्जा, जलस्रोत तथा खानेपानी
रेशम जुग्जाली, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था



प्रतिक्रिया दिनुहोस्