काठमाडौं, २९ बैशाख । हेल्पर केयरिङ सर्कलको आयोजनामा नेपाल अपाङ्ग आश्रममा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।
शिविरमा नाक, कान, घाँटी, सम्बन्धी रोगका बिरामीहरुले स्वास्थ्य उपचार गराएको आयोजकले जनाएको छ।
विश्वास घिमिरेको प्रमुख अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। स्वास्थ्य आम मानिसको महत्वपूर्ण पाटो भएको भन्दै शिविरको आयोजना गरिएको संस्थाका अध्यक्ष विश्वास घिमिरेले बताए।
उनले क्लबले सधै सामाजकि काम गर्दे आईरहेको भन्दै स्वास्थ्थलाई पनि सामाजिक कार्यका रुप हेरेको बताए।
स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै मनोरोग विशेषज्ञ डाक्टर निकोलश भुसालले अब हरेक क्षेत्रमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै समाजलाई सही दिशातर्फ लैजान सामाजिक कार्यमा अग्रसर हुनपर्नेमा जोड दिए।
स्वास्थ्य शिविरमा डा निकोलस भुसाल, डा प्रेम नारायण तिवारीले स्वास्थ्य परीक्षण गरेका थिए।