Logo

गत उपनिर्वाचनमा एमालेले सिट गुमाएको होइन मत घटेको हो : थापा



काठमाडौं, २९ बैशाख । नेकपा (एमाले)का नेता तथा केन्द्रीय सदस्य सूर्य थापाले गत सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेले सिट नगुमाएको र मत मात्र घट‍ेको बताएका छन्।

जारी केन्द्रीय कमिटीको बैठकमा भएको छलफल बारे बताउँदै उनले उपनिर्वाचनमा एमालेले सिट नगुमाएको र मत मात्र घट‍ेको बताएका हुन्।

उनले भने, ‘उपचुनाव तीनवटा क्षेत्रमा भएको हो। यहाँका क्षेत्रमा हामीले सिट गुमाएको होइन मत घटेको हो। अध्यक्षज्यूको प्रतिवेदनले त्यही भनेको छ। बाँकी हामीले १६५ निर्वाचन क्षेत्र र स्थानीय तहसम्म हाम्रो मिसन ग्रासरुट अभियान देखिएको छ। यसले पार्टीको सदस्य तह देखि नै गुणस्तर कायम गर्नेगरी सुधारको घण्टी बजाएको छ।’



प्रतिक्रिया दिनुहोस्