Logo

हर्क साम्पाङविरुद्ध पत्रकारले बुझाए प्रशासनमा ज्ञापन पत्र



काठमाडौं,२९ वैशाख । सुनसरीको धरान उप-महानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)विरुद्ध सुनसरीका पत्रकारहरु एकजुट भएका छन् ।

पत्रकारहरूले धरान उपमहानगरपालिकाका मेयर साम्पाङबाट असुरक्षित भएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापणपत्र बुझाएका छन्। उनीहरूले सुरक्षाको माग गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेमार्फत् गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्र बुझाउँदै नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले सामाजिक सञ्जालमा समेत मेयर साङपाङले आफूहरू विरुद्ध आफ्ना सकर्थकहरुलाई परिचालन गर्ने प्रयास गरेकाले सुरक्षाका लागि आफूहरूले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउनु परेको बताएका छन् ।

मेयर साम्पाङविरुद्धको पत्रकार महासंघ सुनसरीको आन्दोलनलाई पत्रकार महासंघ मोरङ र कोशी प्रदेश समिति समेतले ऐक्यबद्धता जनाएको छ ।file photo



प्रतिक्रिया दिनुहोस्