Logo

एमाले केन्द्रीय कमिटीमा महेश बस्नेतका ११ सुझाव



काठमाडौं, २९ बैशाख । जारी नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेतले ११ बुँदे सुझाव राखेका छन्।

बैठकको दोस्रो दिन आज नेता बस्नेतले एमालेको भावी रणनीति बनाउन ११ बुँदे सुझाव प्रस्तुत गरेका हुन्।

यस्ता छन् उनका ११ बुँदे सुझाव
१) विज्ञ सदस्य बनाउ विविध क्षेत्र, पेशागत , ब्यवसायीक र सामाजिक क्षेत्रका १६ देखि २५ वर्षका नवयुवा र महिलाहरुलाई फोकस गरेर डिजिटल सदस्यता आव्हान गरौं । त्यस्को ३ महिनापछि उक्त सदस्यहरुलाई संगठित गरि पार्टी नेता र मुलुक हाक्ने जनप्रतिनिधि बनाउ ।

२) युवाहरुलाई उनीहरुको आधारभुत आवश्यकता पुरा गराउन शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशिलता विकास हुने गरि निर्बाचित जनप्रतिनिधिहरुलाइ खटाउने र पार्टी कमिटी पनि सोहि उद्देश्य पुरा गर्ने गरि दक्ष साथीहरु राखेर जाउँ ।

३) पार्टीले बिगतमा गरेको महत्वपूर्ण उपलब्धि ब्यापक प्रचार गर्ने नयाँ कार्यक्रमहरुलाई ब्राण्डेड गरेर प्रचार गराै ।

४) बिगतमा भएका कमिकमजोरीको समिक्षा गरौं । गल्ति सुधार गर्दै सुशासन दिने भ्रष्टाचार उन्मुलन गर्ने र असल समाज निर्माणमा लाग्ने प्रतिबद्धता जनाउँ ।

५) पार्टी नेताहरु र जनप्रतिनिधिहरुको सम्पति बिवरण सार्बजनिक गराै र वर्षै पिच्छे अध्यावधिक गरौं ।

६) संघीयताको पुनराबलोकन गरौं । शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाउँ । निर्बाचन कम खर्चिलो बनाउँ । राजनैतिक स्थिरताको लागी दुइ दलीय व्यवस्था अथवा ५% थ्रेस होल्ड राखाै ।

७) दुइ कार्यकाल प्रधानमन्त्री ३ कार्यकाल मन्त्री र ४ कार्यकाल सांसद भन्दा बडि हुन नपाउने संबैधानिक ब्यवस्था गरौं ।

८) पार्टीको केन्द्र र प्रदेश कमिटीमा २५% जिल्ला र स्थानीय तहको कमिटीमा ३५% चालिस वर्ष मुनिका युवा प्रतिनिधित्व ग्यारेन्टी गरौं ।

९) युवा संघको उमेरहद ३५ वर्ष , अनेरास्वबियुको ३० वर्ष र पार्टीको सबै तहमा जनसगठन परिचालन संयन्त्र निर्माण गरौं ।

१०) सोसियल मिडिया र मिडिया परिचालन, कानुनी क्षेत्र, प्रचारको क्षेत्र, युवा विद्यार्थीको परिचालन, परराष्ट्र क्षेत्र, प्रबासको काम कमजोर भएकोले यो क्षेत्रमा सहि स्मार्ट र कृयटिभ नेतृत्वलाई जिम्मा दिउँ ।

११) देश भक्त, जनवादी र प्रगतिशील शक्तिहरुको बीचमा एकता अभियान चलाउदै साम्रज्यवादी, सामन्तवादी, यथस्थितिवादी र सस्तो लोकप्रीयतावादीहरुका बिरुद्ध र तिनले शृजना गरेका भ्रम चिर्न लागौं ।



प्रतिक्रिया दिनुहोस्