Logo

किन गएनन् बालेन प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा ?



काठमाडौं, २९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह उपस्थिति जनाएनन्।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी छलफलका लागि बैठक बोलाएका थिए। सो बैठकमा मेयर शाहले भने आफ्नो उपस्थिति जनाएनन्।

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले मुख्यसचिवसहित विभिन्न मन्त्रालयका मन्त्री, सचिव, वाग्मतीका मुख्यमन्त्री, नुवाकोट र धादिङका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका मेयर तथा प्रशासकीय प्रमुखलाई बोलाएका थिए।

उनीहरुसहित बैठकमा सिसडोल र त्यस आसपासका सरोकारवाला नागरिक अगुवाकोपनि उपस्थिति रहेको थियो।

केही दिन अगाडि मेयर बालेनले सिंहदरबारलगायतका ठाउँहरुको फोहोर उठाउन रोकेका थिए। सर्वोच्चको आदेशपछि मात्रै फोहोर भने उठाउन सुरु गरेका बालेन वर्तमान सरकारदेखि रिसाएका थिए।

सोही रिसले प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठक मेयर बालेनले बहिस्कार गरेको बुझिएको छ। तर, बालेनले महानगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृतलाई भने पठाएको थिए।



प्रतिक्रिया दिनुहोस्