Logo

काठमाडौंमा २४ सै घन्टा निःशुल्क एम्बुलेन्स सेवा दिने बालेनको घोषणा



काठमाडौं, ३० वैशाख । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले काठमाडौंमा २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरेका छन् । उनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत काठमाडौं भरी १०२ मा कल गरेर एम्बुलेन्स सेवा लिन सकिने र सेवा लिएबापत कुनै शुल्क नलाग्ने घोषणा गरेका हुन् ।

‘काठमाडौं भरी २४ घन्टा नै १०२ मा कल गरेर Ambulance Service लिन सक्नु हुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन,’– उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्