Logo

गुडिरहेको यात्रुवहाक बसमा आगलागी



काठमाडौं, ३० वैशाख । धादिङमा गुडिरहेको यात्रुवहाक बसमा आगलागी भएको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख ४८४६ नम्बरको यात्रुवहाक बसमा आगलागी भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको बसमा वाइरिङ सर्ट भएर आगलागी भएको बताइएको छ । नेपाल प्रहरी र धुनिबेसी नगरपालिकाको दम्कलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । बस जलेर पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्