Logo

नक्कली शरनार्थी प्रकरणमा कारबाहीको माग गर्दै विभिन्न ठाउँमा प्रदर्शन



काठमाडौं, ३० वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरनार्थी बनाएर अमेरिका पठाउन सकृय गिरोहका विरुद्ध आज (शनिबार) देशका विभिन्न ठाउँमा प्रदर्शन भएको छ । काठमाडौंको माइतीघरमा पनि भ्रष्टाचार विरोधी अभियानका युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले ‘भ्रष्ट तेरो पाराले, दुःख पाए साराले, भन्छौं हामी बारम्बार, भ्रष्टाचारी कारागार, सबै कुरा प्रष्ट छ, सिस्टम हाम्रो भ्रष्ट छ’ लगायतका नारा लगाएका थिए ।

त्यसैगरी, सिन्धुलीमा पनि नक्कली भुटानी शरनार्थी बनाएर अमेरिका पठाउने गिरोह र तिनका संरक्षक विरुद्ध प्रदर्शन भएको छ । जिल्लाका अगुवा नागरिकहरुको उपस्थितिमा सिन्धुलीमाढीमा विहानदेखि प्रदर्शन भएको हो ।

त्यसैगरी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा भ्रष्टाचार विरुद्ध प्रदर्शन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मनिग्राम चोकमा युवाहरुले युवाहरुले भ्रष्टाचारविरोधी प्रदर्शन गरेका हुन् । खाँणको निर्वाचन क्षेत्र रुपन्देही–३ हो ।

 

 



प्रतिक्रिया दिनुहोस्