Logo

नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले दह्रो कदम चाल्न सक्दैनन्ः बाबुराम भट्टराई



काठमाडौं, ३० वैशाख । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नक्कली शरणार्थी प्रकरण छानविनमा आशंका व्यक्त गरेका छन् ।

आज (शनिबार) काठमाडौंको नक्सालमा भएको भ्रष्टाचारविरुद्धको वृहत प्रदर्शनमा सहभागिता जनाउँदै उनले स्थितर सरकार नभएकाले छानविनामा निष्पक्षता नहुने आशंका व्यक्त गरेका हुन् ।

‘अहिले कसैको पनि बहुमत छैन । आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुख (प्रधानमन्त्र) ले दह्रो कदम चाल्न सक्दैनन् । यसमा आशंका छ,’– भट्टराईले भने । File Photo/ Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्