Logo

यसरी मनाइयो साकेला उभौली पर्व (फोटोफिचर)



काठमाडौं, ३० काठमाडौं । किरात समुदायले साकेला उभौली पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् । यस वर्षपनि किरात समुदायहरुले साकेला उभौली पर्व मनाएका छन् । वैशाख पूर्णिमादेखि सुरु हुने यो पर्व पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर लगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै मनाउने गरिन्छ ।

राई, लिम्बू, याक्खा, सुनुवार लगायतका समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइनलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहिआएको छ ।

साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाच्न सुरु गरिन्छ । किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णिमा र अन्नबाली उठाउने याम मंसिर पूर्णिमामा एक÷एक महिना दिनसम्म मनाउने गरिन्छ।

साकेलाको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै एक आपसमा शुभकामना आदान–प्रदान गर्दै साकेला मनाउने प्रचलन छ ।

 



प्रतिक्रिया दिनुहोस्