Logo

‘लडाकु शिविर घोटाला काण्डको निष्पक्ष छानविन गर्न माग’



काठमाडौं, ३० वैशाख । नेकपा (एमाले) ले लडाकु शिविर घोटाला काण्डको निष्पक्ष छानविन गर्न माग गरेको छ । गत वैशाख २८ देखि आज (३० गते) सम्म चलेको पार्टीको केन्द्रीय समिति बैठकमा विशेष प्रस्ताव पारित गर्दै एमालेले तत्कालीन माओवादी लडाकु शिविरमा भएको घोटलाको छानविनका लागि सरकार समक्ष माग गरेको हो ।

भ्रष्टाचार र अनियमितता सङ्क्रामक रोगका रुपमा नेपाली समाजमा विकास भएको एमालेको ठहर छ । यस्ता घटनाहरुको निष्पक्ष छानबिन र दोषीहरुलाई कानुनको दायरामा नल्याउँदा लोकतान्त्रिक प्रणाली, राजनीतिक नेतृत्व र पार्टीहरुमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना भएको एमालेको बुझाई छ ।

‘लडाकु शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरुको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ । यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छ,’– बैठकबाट पारित प्रस्तावमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्