Logo

भ्रष्टाचारीलाई सिधै बाग्मतीमा चोपल्ने हो : बालेन शाह



काठमाडौं,३१ वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टाचारविरुद्ध प्रदर्शन भन्दापनि भ्रष्टाचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जालमा मेयर शाहले भ्रष्टाचारी विरुद्धमा मुख खोल्दै यस्तो उल्लेख गरेका हुन् ।

शाहले भनेका छन् ‘तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’

उनले फेसबुकमा लेखेका छन्,

‘भ्रष्टाचार विरुद्धको आन्दोलन ?

को नेता हो थाह छ ?

घर कहाँ हो थाह छ ?

सिधै लगेर बागमतीमा चोपाल्नुस् ।

यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।

पत्याउँदिन म चाहिँ ।

तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।



प्रतिक्रिया दिनुहोस्