काठमाडौं, ३१ वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नेपाली कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको हो । शेर्पा २०७० सालको निर्वाचनमा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । शेर्पाको मैजुबहालमा रहेको घरमा प्रहरीले छापा मारिसकेको छ ।