Logo

संसदीय सुनुवाइ समितिको नेतृत्व टुङ्ग्याउने विषयमा जुट्यो सहमति



काठमाडौं, ३१ वैशाख । संसदीय सुनुवाइ समितिको नेतृत्व टुङ्ग्याउने विषयमा तीन दलका शीर्ष नेताहरुबीच सहमति जुटेको छ । आज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका नेताहरुबीच भएको छलफलमा सहमति जुटेको हो ।

साथै, संसदीय ससितिका सभापतिहरुको टुंगो आजै लाग्नेसमेत बताइएको छ । अहिले सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्