Logo

भोलिदेखि हुने राष्ट्रिय जनमोर्चाको‘मेची–महाकाली अभियान’को तयारी पूरा



काठमाडौं,३१ वैशाख । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादका विरुद्ध ‘मेची–महाकाली अभियान’को तयारी पूरा भएको जनाएको छ ।

जेठ १ (भोलि)देखि १५ गतेसम्म अभियान सञ्चालन हुने र दुई वटा टोली परिचालन हुने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

जनमोर्चाले अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि देखिएको खतराका विरुद्ध जनजागरण सञ्चालन गर्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको हो ।

अभियानका क्रममा विभिन्न जिल्लाहरुमा सांस्कृतिक कार्यक्रम, कोणसभा, विरोधसभा, पत्रकार सम्मेलन तथा जनभेटघाटका विविध कार्यक्रम हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्