Logo

नक्कली शरणार्थी प्रकरणः कैदीको भेषमा नेविसंघको सांकेतिक विरोध प्रदर्शन



काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ । आज (आइतबार) नेविसंघका नेता तथा कार्यकर्ताले सांकेतिक विरोध स्वरुप कैदीको भेषमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्न रहेकाहरुको अनुसन्धान निष्पक्ष रुपमा गर्न र दोषीलाई कडा कारबाहीको माग गर्दै सांकेतिक आन्दोलन गरेका हुन् ।

साथै, उनीहरुले सोही प्रकरणमा प्रहरी हिरासतमा रहेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कारबाही किन नगरेको ? भनी पार्टी सभापति शेरबहादुर देउवा समक्ष प्रश्नसमेत गरेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्