Logo

एमालेले तीन संसदीय समितिको सभापति पाउने निश्चित



काठमाडौं,३१ वैशाख । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा ( एमाले) ले तीनवटा संसदीय समितिको सभापति पाउने निश्चित भएको छ ।

संसदीय समितिको नेतृत्व कसले पाउने भन्नेबारे प्रमुख तीन दलबीचको छलफलमा एमालेले तीनवटा समितिको सभापति पाउने सहमती जुटेको हो ।

आइतबार बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र तीनै दलका सचेतकसहितको बैठकले संसदीय समितिको टुंगो लगाएको हो ।

यसअघि भएकै सहमतिअनुसार एमाले सार्वजनिक लेखा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व र अर्को एउटा समिति एमालेले पाउने र बाँकी समिति सत्तापक्षले बाँडेर लिने सहमति जुटेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

बालुवाटारमा भएको सहमतिअनुसार समितिका सभापतिहरूको टुंगो आजै लाग्ने बताइएको छ। त्यसका लागि सिंहदरबारमा अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ।

एमालेबाट सार्वजनिक लेखा समितिको सभापतिमा पार्टीका नेताद्य गोकुल बाँस्कोटा र योगेश भट्टराई मुख्य दावेदारका रुपमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्