Logo

सरकारका नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने



काठमाडौं, ३१ वैशाख । आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्णरुपमा सुधारन नआइसकेकाले नीति तथा कार्यक्रम प्रधानमन्त्रीले नै पढ्ने सहमति बनेको हो ।

आज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेता र प्रमुख सचेतहरुबीचको बैठकले नीति तथा कार्यक्रम प्रधानमन्त्रीले नै पढ्ने निर्णयष् गरेको हो ।

यो सँगै राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम संक्षिप्त रुपमा पढेपछि बाँकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पढ्ने छन् । आगामी जेठ ३ गते संसद्मा सरकारका नीति तथा कार्यक्रम प्रस्तत हुँदैछ ।

 

 



प्रतिक्रिया दिनुहोस्