काठमाडौं,३१ वैशाख । आगामी जेठ ४ गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभा कार्य व्यवस्था समितिको बैठकले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर आगामी जेठ ४ गतेका लागि समय निर्धारण हो ।
प्रश्नोत्तरका लागि कांग्रेस एमालेका सांसदहरूलाई तीन तीन मिनेट र अरु सांसदहरूलाई १ मिनेटका दरले समय निर्धारण गर्ने सहमति भएको छ ।
‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा कांग्रेस र एमालेका सांसदलाई तीन मिनेट र अन्यलाई एक मिनेटका दरले समय निर्धारण गर्ने सहमति भएको एमालेका एक सांसद्ले जानकारी दिए ।