काठमाडौं, ३१ वैशाख । प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक प्रतिनिधि सभाको विषयगत समितिअन्तर्गत उपसमिति गठन गरेर अगाडि बढाउने सहमति भएको छ ।
आज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र दलका प्रमुख सचेतकहरुबीच भएको छलफलमा उक्त सहमति जुटेको हो ।