Logo

नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणविरुद्ध चार दिनको म्याद थप



काठमाडौं, ३१ वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणविरुद्ध चार दिनको म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध थप अनुसन्धानका लागि चार दिनको म्याद थपको अनुमति दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन् भने चार जना फरार रहेका छन् । खाँणसहित १२ जनालाई नै थप अनुसन्धानका लागि चार दिनको म्याद थप भएको छ ।



प्रतिक्रिया दिनुहोस्